Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मुस्ताङबाट १२ जना जुवाडे पक्राउ, ८ लाख ५२ हजार बरामद

मुस्ताङबाट १२ जना जुवाडे पक्राउ, ८ लाख ५२ हजार बरामद

सोमवार , कार्तिक १९, २०८१

मुस्ताङ । मुस्ताङमा १२ जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फाबाट आइतबार साँझ साढे ५ बजे जुवातास खेलिरहेका १२ जना जुवाडेलाई मुस्ताङ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अधिकांश घरपझोङ-२ मार्फाका छन् । मुस्ताङको घरपझोङ-२ मार्फास्थित एक रेष्टुरेन्टको कोठा नं. २११ र कोठा नं. २०९ मा जुवातास खेले खेलाएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको १५ जनाको प्रहरीले होटलमा छापा मारेको थियो ।

प्रहरीले होटल भित्र २ वटा कोठाबाट ८ बुक ताससहित ८ लाख ५२ हजार ८ सय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उनीहरु माथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077