Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पेस्तोल र गोलीसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

पेस्तोल र गोलीसहित रौतहटबाट भारतीय नागरिक पक्राउ

सोमवार , कार्तिक १९, २०८१

रौतहट । सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा सोमबार सशस्त्र प्रहरी बल बीओपी बेलाबिछवाको गस्ती टोलीले राजदेवी नगरपालिका-९ ब्रहमपुरी गाउँस्थित सञ्जीव सिंहले सञ्चालन गरेको पसलमा चेकजाँच गर्दा शौचालय बाहिर अवैध पेस्तोल सहित गोली बरामद भएको हो।

सशस्त्र प्रहरी रौतहटका अनुसार गस्ती टोलीले पसलमा रहेको शौचालय माथि एकथान नलकटुवा पेस्तोल,८ एम एम को ३ थान गोली र १ थान खोका बरामद गरेको छ ।

हतियारसहित भारतीय नागरिक ४२ वर्षीय राजेश सिंह पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि बरामद पेस्तोल गोली सहित आरोपी सिंहलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077