Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

भारतमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु

सोमवार , कार्तिक १९, २०८१

एजेन्सी । भारतको उत्तराखण्डमा बस गहिरो खोलामा खसी दुर्घटना हुँदा २२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

प्रहरी अधिकारीका अनुसार दुर्घटना उत्तराखण्ड राज्यको अल्मोडा जिल्लाको मार्चुला क्षेत्रमा सोमबार बिहान ८ः३० बजे भएको थियो ।

मार्चुला पहाडी राज्य उत्तराखण्डको पर्यटकीय गन्तव्यमध्ये एक हो। अन्य दुई दर्जन घाइते भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

दुर्घटनामा घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ भने घटनास्थलमा उद्धार टोली तैनाथ गरिएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा सबै स्थानीय रहेका छन् ।

पोढीबाट रामनगरतर्फ गइरहेको निजी बस दुर्घटनाग्रस्त भएको जनाइएको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरूलाई उपचारका लागि स्थानीय सरकारी अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077