Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका शाक्य कम्बोडियाबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका शाक्य कम्बोडियाबाट पक्राउ

सोमवार , कार्तिक १९, २०८१

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्।

वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मान्खाकी बिनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई एनसिबी कम्बोडियाको सहयोगमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो।

सिंगापुर पठाइदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ।

फरार भएका शाक्य र उदयपुर त्रियुगा नगरपालिका-१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध गरेको थियो ।

उनीविरुद्ध २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो। असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो।

साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो। बिनुलाई कारबाही गराउन प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077