Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उत्तराखण्ड बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

उत्तराखण्ड बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ३६ पुग्यो

सोमवार , कार्तिक १९, २०८१

एजेन्सी । नेपालको पश्चिमी सिमानासँग जोडिएको भारतको उत्तराखण्डमा यात्रु बहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ ।

उत्तराखण्डको अलमोडामा पर्ने मार्चुलामा सोमबार बिहान अनियन्त्रित भएर बस भिरमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

दुर्घटनापछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुख व्यक्त गरेका छन् ।

उत्तराखण्ड सरकारले मृतक परिवारलाई चार लाख भारतीय रुपैयाँ र घाइते परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077