Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

आईसीसी विश्वकप लिग–२ : नेपाल र स्कटल्यान्डबीचको खेल रद्द

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ । आँधीहुरीको सम्भावनाबीच खेल रद्द गरिएको हो ।

अमेरिकाको ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ६ ओभरमा १ विकेट गुमाउँदै २६ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

हावाहुरी र वर्षाका कारण हिजोको खेल रद्द भएपछि स्कटल्यान्ड र नेपालले एक/एक अङ्क बाँडेका छन् ।

नेपाल १२ खेलमा २ मा जीत, ८ मा हार र २ खेल रद्द हुँदा ६ अङ्कका साथ सातौँ स्थानमा छ । स्कटल्याण्ड ११ खेलमा १४ अङ्कसहित तेस्रो स्थानमा छ । अमेरिका १२ खेलमा १६ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077