Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

पूर्व गृहमन्त्री रवि र पूर्व डीआईजी छविलाई म्याद थपका लागि अदालत लगिँदै

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज पुनः अदालतमा उपस्थित गराइने भएको छ ।

कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले आज मात्रै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।

लामिछानेलाई शुरूमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लामिछानेमाथि सहकारीको रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान भइरहेको छ ।

उनीसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077