Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इंग्ल्याण्डका म्याटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

इंग्ल्याण्डका म्याटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । पोखरा एभेन्जर्सले इंग्ल्याण्डका अलराउण्डर म्याट क्रिटलेलाई टोलीमा अनुबन्ध गरेको छ।

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)का लागि क्रिटलेलाई अनुबन्ध गरेको हो।

घरेलु क्रिकेटमा भाइटालिटी ब्लास र दी हन्ड्रेड खेलेका म्याटले अष्ट्रेलियाको बिग बास लिग खेलेका छन् ।

उनले अहिलेसम्म राष्ट्रिय टिमबाट भने खेलेका छैनन् । उनले १४१ टी-२० खेल खेलेका छन् ।

जसमा १ हजार ९७३ रन बनाएका उनले १२० विकेट पनि लिएका छन् ।

म्याट पोखराले अनुबन्ध गरेको चौथो विदेशी खेलाडी हुन् र चार जना विदेशी खेलाडीको कोटा पूरा गर्ने पोखरा पहिलो टोलीसमेत बनेको छ ।

पोखराले यसअघि नै अमेरिका विकेटकिपर ब्याटर आन्द्रेस गौस, नेदरल्याण्ड्सका अलराउण्डर बास डे लिड र वेष्ट इन्डिजका पेस बलर एन्डरसन फिलिपलाई अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077