Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ ।

मुम्बई ट्राफिक प्रहरीका अनुसार लरेन्स बिश्नोई गिरोहको नामबाट सलमान खानलाई पुनः धम्कीपूर्ण सन्देश आएको हो ।

मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ। धम्कीमा सलमान खानलाई मन्दिरमा गएर माफी माग्न वा पाँच करोड भारु दिन भनिएको छ ।

प्रहरी स्रोतका अनुसार मुम्बई पुलिसको ट्राफिक कन्ट्रोल रुमलाई लरेन्स बिश्नोई गिरोहको नामबाट सोमबार राति ह्वाट्सएपमा धम्कीपूर्ण सन्देश आएको थियो ।

ट्राफिक कन्ट्रोल रुममा पठाइएको सन्देशमा धम्की दिने व्यक्तिले आफूलाई लरेन्स बिश्नोईको भाइ दाबी गरेको छ । धम्कीमा अभिनेतालाई दुईवटा विकल्प दिइएको छ ।

जीवित रहन चाहने हो भने उनले माफी माग्नु पर्नेछ वा ५ करोड भारु दिनु पर्नेछ । एक हप्ताभित्र सलमानलाई आएको यो दोस्रो धम्की हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077