Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

इन्टरपोलबाट रेड नोटिस जारी भएका दिलीप कुवेतबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका दिलीप कुवेतबाट पक्राउ

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार आरोपित पक्राउ परेका छन्।

मानव बेचबिखनको मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका दिलीप राउत कुवेतबाट पक्राउ परेका हुन‍्।

राउतलाई एनसिबि कुवेतको समन्वयमा पक्राउ गरी मंगलबार नेपाल फिर्ता ल्याइएको हो।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका राउतलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्न मानव बेचबिखन ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

इन्टरपोल कुवेतको समन्वयमा उनलाई प्रहरीले कुवेतमा पक्राउ गरेको थियो।

पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077