Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

कुशलको कीर्तिमान तोड्ने लोफ्टी इटन चितवनमा

कुशलको कीर्तिमान तोड्ने लोफ्टी इटन चितवनमा

मंगलवार , कार्तिक २०, २०८१

काठमाडौं । चितवन राइनोजले नामिबियाका अलराउन्डर जान निकोल लोफ्टी इटनलाई टिममा आवद्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल)का लागि चितवन राइनोजले इटनलाई अनुबन्ध गरेको हो।

चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन्।

यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।

२३ वर्षीय लफ्टी इटनले गत वर्ष सबैभन्दा कम बलमा टी-२० अन्तर्राष्ट्रिय शतक बनाउने विश्व कीर्तिमान बनाएका थिए ।

अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077