Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

गोरेको घरमा बन्दुकको कारोबार, १० बन्दुक र ३३ नालसहित तीनजना पक्राउ

गोरेको घरमा बन्दुकको कारोबार, १० बन्दुक र ३३ नालसहित तीनजना पक्राउ

मंगलवार , कार्तिक २०, २०८१

बाजुरा । बाजुराको गौमुल गाउँपालिका-६ सटेडाबाट भरूवा बन्दुक १० थान र बन्दुकको नाल ३३ थानसहित तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीय गोरे लुहार, बडिमालिका नगरपालिका-१ सलेना बस्ने ३९ वर्षीय गोरख कार्की र ३७ वर्षीय बुद्ध कार्की रहेका छन् ।

गोरेको घरमा अवैध भरूवा बन्दुकको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गौमुलबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा भरूवा बन्दुक फेला परेको बताइएको छ ।

साथै गोरेसँगै बन्दुक खरिद गर्न आएका गोरख र बुद्धलाई समेत पक्राउ गरेको बाजुरा प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077