Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो सुनसहित तीनजना पक्राउ

त्रिभुवन विमानस्थलबाट साढे पाँच किलो सुनसहित तीनजना पक्राउ

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७ सय ग्राम सुनसहित तीनजना पक्राउ परेका छन् ।

बुधबार साँझ एअर अरेबियाको जहाजबाट काठमाडौं आउँदै गरेका तीन जनालाई सुनसहित प्रहरीले पक्राउ गरेको हो । नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक जियान जोङ, म्यानमारका सात नायंग तुन र इ ङनो फू रहेका छन् ।

भन्सार ब्यागेज क्षेत्रमा जाँच गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा ५ केजी ७ सय ग्राम सुन फेला परेको थियो।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077