Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कैलालीबाट दुईनाल भरुवा बन्दुकसहित एकजना पक्राउ

कैलालीबाट दुईनाल भरुवा बन्दुकसहित एकजना पक्राउ

बुधवार , कार्तिक २१, २०८१

धनगढी । कैलालीमा दुई नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–४ को तखरे गाउँ बस्ने ६५ वर्षीय लालबहादुर बुढामगरलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बुढामगरलाई उनको घर नजिकैको चैतडा सामुदायिक वनको खोल्सोमा भरुवा बन्दुक लुकाइछिपाइ राखेको अवस्थामा पक्राउ गरिएको छ ।

लोड गरेर राखेको अवस्थामा दुई नाल भरूवा बन्दुक, झोलाभित्र लुकाएर राखेको चार वटा फलाम र चार वटा सिसाको गोली गरेर आठ वटा गोली र अन्दाजी दुई सय ग्राम बारुद समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

बुढामगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077