Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति निर्वाचन : दोस्रो स्वीङ स्टेटमा पनि डोनाल्ड ट्रम्प विजयी

अमेरिकी राष्ट्रपति निर्वाचन : दोस्रो स्वीङ स्टेटमा पनि डोनाल्ड ट्रम्प विजयी

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ ।

रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले हालसम्मको मतगणनामा कमला ह्यारिसलाई पछि पारेका छन्।

राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हात पारेका छन् ।

अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए ।

यससँगै ट्रम्पले २४६ इलेक्ट्रोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो ।

डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्ट्रोरल भोट पाएकी छन् ।

यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएको छ । तर अन्य स्विङ स्टेटहरूमा कमला ह्यारिसको पकड स्थापित हुनपनि सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077