Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

राष्ट्रपति हुने निश्चित भएसँगै ट्रम्पले भने - यो अमेरिकी जनताको जित हो

राष्ट्रपति हुने निश्चित भएसँगै ट्रम्पले भने - यो अमेरिकी जनताको जित हो

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । रिपब्लिकन पार्टीका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडामा आफ्ना समर्थकहरूलाई सम्बोधन गरेका छन्।

अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै ट्रम्पले फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गरेका हुन् ।

समर्थकहरूलाई सम्बोधन गर्दै उनले अमेरिकी जनताको शानदार जित भएको बताएका छन् ।

ट्रम्पले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे। आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए ।

आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।

विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने ट्रम्पको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077