Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री मोदीले दिए डोनाल्ड ट्रम्पलाई बधाई

भारतीय प्रधानमन्त्री मोदीले दिए डोनाल्ड ट्रम्पलाई बधाई

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपति हुने पक्कापक्की भएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन्।

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिमा ‘ऐतिहासिक जित’ बनाएको भन्दै ट्रम्पलाई बधाई दिएका हुन् । बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत मोदीले ट्रम्पलाई बधाई भनेका छन्।

भारतीय प्रधानमन्त्री मोदीले एक्समा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्,'म भारत-अमेरिका व्यापक विश्वव्यापी र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहकार्यलाई नवीकरण गर्न तत्पर छु। सँगै, हाम्रा जनताको भलाइका लागि र विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिको प्रवर्द्धन गर्न काम गरौं।'

उनले ट्रम्पलाई आफ्नो साथी भनेर सम्बोधन समेत गरेका छन्। ट्रम्पको अघिल्लो कार्यकाल सफल भएको बताउँदै मोदीले यसपटकको कार्यकालमा पनि अमेरिका-भारत सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे।

यद्यपि मोदीले बधाइ दिँदासम्म ट्रम्प राष्ट्रपति निर्वाचित भएको घोषणा भइसकेको छैन। उनी जितको नजिक भने छन्। राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज जित्नुपर्नेमा ट्रम्पले २६७ इलेक्टोरल कलेज जितिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077