Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

इजरायलको राजदूतमा पण्डित नियुक्त

इजरायलको राजदूतमा पण्डित नियुक्त

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति रामचन्द्र पौडेलले पण्डितलाई राजदूतमा नियुक्त गरेका हुन् ।

१४ साउनमा मन्त्रिपरिषदले विभिन्न १८ देशमा राजदूत सिफारिस गर्दा पण्डितलाई इजरायलका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले सुनुवाइ सकेर ३ असोजमा नियुक्तिका लागि नाम अनुमोदन गरेको थियो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा प्राध्यापक पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077