Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

ठमेलबाट कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद

ठमेलबाट कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । प्रहरीले ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद गरेको छ।

काठमाडौं महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट प्रहरीले सो संख्यामा पेस्तोल र गोली बरामद गरेको हो।

होटलको पहिलो तल्लामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाई गर्ने क्रममा पेस्तोल र गोली फेला परेको खबर गरेकी थिइन्।

उक्त खबर पाएपछि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले हतियार बरामद गरेको हो।

उक्त हतियार कसले राखेको भन्नेबारे खुलेको छैन। प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077