Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

महिला यू-१९ विश्वकपको एसिया छनोटः नेपालको विजयी सुरुवात, थाइल्यान्ड पराजित

महिला यू-१९ विश्वकपको एसिया छनोटः नेपालको विजयी सुरुवात, थाइल्यान्ड पराजित

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । आईसीसी महिला यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले पराजित गरेको हो ।

नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भयो । थाइल्यान्डलाई सस्तैमा अलआउट गर्न रचना कुमारीले चार विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो। नेपालका लागि कप्तान पुजा महतोले ३५, सोनी पाख्रिन र सिमाना केसीले समान १९ रन बनाए। थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन्।

नेपालले आफ्नो दोस्रो खेलमा भोलि बिहीबार कुवेतसँग खेल्नेछ । कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077