Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

२ महिनादेखि डीआईजीका पद रिक्त, सशस्त्रमा रोकियो बढुवा

२ महिनादेखि डीआईजीका पद रिक्त, सशस्त्रमा रोकियो बढुवा

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलमा २ महिनादेखि डीआईजीका दुई पद रिक्त छन् । तर, तत्काल बढुवाको कुनै सुरसार छैन । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नै बढुवा अघि बढाउन नचाहेको स्रोत बताउँछ ।

ब्याच नै मिचेर डीआईजीमा बढुवाको चलखेल भएपछि आईजीपी अर्यालले बढुवा प्रक्रिया रोकेका हुन् । रिक्त डीआईजी पदमा सिंस १ का दुई एसएसपी बढुवाका मुख्य दाबेदार हुन् ।

सिंस १ का ४ जना एसएसपीमा छन् । त्यसमध्ये कृष्ण ढकाल र मनिष थापाले स्टाफ कलेज गरेकाले उनीहरु नै स्वतः बढुवा हुनुपर्ने हो । तर, सिंस २ का एसएसपी दीपेन्द्र कुँवरले जसरी पनि आफु बढुवा हुन गृहमन्त्री रमेश लेखकमार्फत दबाब दिएका छन् ।

कुँवर कांग्रेस सभापति शेरबहादुर देउवाका पिए भानु देउवाका बहिनीज्वाई हुन् । त्यहीकारण शेरबहादुर देउवाले समेत कुँवरलाई बढुवा गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् । त्यसरी ब्याच नै मिचेर एकल बढुवा गर्दा संगठन ध्वस्त हुने भन्दै आईजीपी अर्यालले बढुवा रोकेको स्रोत बताउँछ ।

एसएसपी कुँवरले यसअघि पनि त्यसैगरी ब्याच नै मिचेर बढुवा हुने प्रयास गरेका थिए । कार्यसम्पादनमा कमजोर रहेका कुँवर हाल सशस्त्र प्रहरीको खरिद महाशाखा हेर्दै आएका छन् ।

आईजीपीलाई समेत गुमराहमा राखेर उनले खरिदमा लुट मच्चाउँदै आएको स्रोत बताउँछ । पैसा र शक्तिको बलमा उनै कुँवर ब्याचबाट एकल डीआईजी हुने प्रयासमा लागेका छन् ।

उनको चलखेलका कारण सशस्त्रमा अन्य सयौं अधिकृत पनि अन्यायमा पर्ने अवस्था देखिएको छ । डीआईजीको बढुवा नहुँदा तल्लो तहसम्म बढुवा प्रक्रिया रोकिएको छ।

सशस्त्रमा त्यसैपनि बढुवाको जाम रहेकोमा यस्तै चलखेलका कारण रिक्त भएको लामो समयसम्म पनि पद खाली रहने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077