Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

जापान भ्रमणमा नक्कली कर्मचारीको इन्ट्री भएपछि अधिकारीको मन्त्री पद खुस्कियो

जापान भ्रमणमा नक्कली कर्मचारीको इन्ट्री भएपछि अधिकारीको मन्त्री पद खुस्कियो

बुधवार , कार्तिक २१, २०८१

काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी नै मानवतस्करीमा मुछिएपछि राजीनामा दिएका छन् ।

मुख्यमन्त्रीलाई समेत जानकारी नदिई यही कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते नेपाल फर्किएका थिए ।

उनीसँगै नक्कली कर्मचारी बनेर केही युवा जापान भएको विषय बाहिर आएपछि उनले बुधबार मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका हुन् ।

मन्त्रीसँग अन्य व्यक्तिहरू जापान गएको सूचना पाएपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार बिहान निवासमै बोलाएर राजीनामा दिन निर्देशन दिएका थिए ।

यो प्रकरणमा मन्त्रालयकै कर्मचारी भएर जापान जाने तीन जनासहित ६ जना पक्राउ परेका छन् । उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताइएको छ ।

अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान गरेको थियो ।

अनुसन्धान कार्यालय टेकुका प्रवक्ता एसपी काजी आचार्यका अनुसार पक्राउ पर्नेमा रसुवाका कञ्चन देवकोटा र दावा सेर्पा र जनक राई रहेका छन् ।

सेर्पा र राई खोटाङका हुन् । कात्तिक १४ मा मन्त्री सहित उनीहरूलाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077