Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति पदमा पराजित कमला ह्यारिसले भनिन् - नतिजा स्वीकार गर्छौँ

अमेरिकी राष्ट्रपति पदमा पराजित कमला ह्यारिसले भनिन् - नतिजा स्वीकार गर्छौँ

बिहिवार , कार्तिक २२, २०८१

एजेन्सी । अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् ।

वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा एक समारोहका क्रममा बोल्दै उनले नतिजा स्वीकार गरेकी हुन् ।

उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताइन् ।

आफ्नो भाषणमा ह्यारिसले डेमोर्क्याटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइन् ।

उनले आफूले निर्वाचित राष्ट्र डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077