Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

टी - २० विश्वकप एसिया छनोट : कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

टी - २० विश्वकप एसिया छनोट : कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतविरुद्ध ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो ।

पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।

कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ नरको फराकिलो अन्तरले पराजित भएको थियो ।

छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् ।  खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ ।

त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी२० विश्वकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077