Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सलमान खानलाई ज्यान मार्ने धम्की दिने जलाराम बिश्नोई पक्राउ

सलमान खानलाई ज्यान मार्ने धम्की दिने जलाराम बिश्नोई पक्राउ

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने एक जना पक्राउ परेका छन् ।

सलमान खानका नाममा मुम्बई ट्राफिक प्रहरीको कन्ट्रोल रुममा धम्कीपूर्ण सन्देश पठाउने जलाराम बिश्नोईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार लरेन्स बिश्नोईका भाइ दाबी गर्ने बिकाराम जलाराम बिश्नोई राजस्थानको जालोर जिल्लाका मूल निवासी हुन् ।

उनलाई कर्नाटकका विकारामबाट पक्राउ गरिएको हो । सलमान खानलाई नोभेम्बर ४ मा अर्को एउटा धम्की आएको थियो ।

धम्की दिने व्यक्तिले उनीसँग ५ करोड रुपैयाँ मागेका थिए । उनले आफू जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको भाइ भएको दाबी गरेका थिए ।

कर्नाटकको हुब्बलीमा एक संदिग्धलाई पक्राउ गरिएको थियो । त्यसपछि मुम्बई प्रहरीले एक टोलीलाई त्यहाँ पठाएको थियो । पेशाले वेल्डर काम गर्ने ती व्यक्तिलाई मुम्बई प्रहरीले सोधपुछपछि पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077