Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लिग-२ खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

लिग-२ खेलेर स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका दुई सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

विश्वकप लिग २ अन्तर्गत क्यानडा र अमेरिकामा सिरिज खेलेर नेपाली टोली आज स्वदेश फर्किएको हो।

क्यानडा र अमेरिका भ्रमण नेपालका लागि बिर्सनलायक रह्यो । क्यानडा र अमेरिकामा नेपालले लिग टुमा ८ खेल खेल्दा जम्मा १ खेल जितेको थियो भने ५ खेलमा हार बेहोर्‍यो ।

नेपाली टोली गत भदौ २५ मा क्यानडा गएको थियो। त्यहाँ ओमान र क्यानडासँग नेपालले सुरुमा टी-२० र त्यसपछि लिग-२ अन्तर्गतको एकदिवसीय सिरिज खेलेको थियो।

त्यसपछि अमेरिकामा नेपालले सुरुमा घरेलु टोलीविरूद्ध टी-२० सिरिज खेलेको थियो। टी-२० सिरिज खेलेपछि नेपाली टोलीले अमेरिका र स्कटल्यान्डसँग लिग-२ को सिरिज खेलेको थियो।

नेपालले अमेरिकामा खेलेको त्रिकोणात्मक सिरिजमा ३ अंक मात्र जोड्न सक्यो। दुई खेल वर्षाका कारण रद्ध भएको थियो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सदस्य दिवाकर घलेले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077