Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य

नेपालले दियो कुवेतलाई १३१ रनको लक्ष्य

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं। आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १३१ रनको लक्ष्य दिएको छ ।

दुबईस्थित दी सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको हो ।

नेपालक लागि कप्तान पुजा महतोले ३८ बल खेल्द ४ चौका मदतमा सर्वाधिक ३४ रन बनाइन् । यस्तै साना प्रविनले १८ बलमा ५ चौका प्रहार गर्दै २५ रन जोडिन् ।

ज्योत्सनिका मरासिनीले पनि १८ बल खेल्दै २३ रन योगदान गरिन् । एलिसा कुमारी यादवले १५ रन जोडिन् ।

कुवेतकी आयेसा इक्वाल पेवेकरले २ तथा जिफा जिलानी र अमिशा राम ओलाचेरीले समान १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077