Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

दाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

दाङबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

बिहिवार , कार्तिक २२, २०८१

दाङ । प्रहरीले दाङको लमहीबाट भरुवा बन्दुकसहित एक जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमही नगरपालिका–३, वनगाउँ हरियाली टोलका ४० वर्षीय गणेश कुमाल रहेका छन् ।

कुमाललाई घरमा लुकाई राखेका तीन थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

घरमा अवैधरुपमा हतियार र खरखजना लुकाइ राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङको टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

खानतलासीका क्रमामा उनको घरबाट तीन थान भरुवा बन्दुक, दुई थान नाल, बारुद, गोली, छर्रा लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077