Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने राप्रपाको निर्णय

स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने राप्रपाको निर्णय

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ ।

राप्रपाले उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ।

त्यस्तै, राप्रपाले पदाधिकारीहरूलाई पनि चुनावी कमान्डर तोकेको छ।

भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल र दीपकबहादुर सिंहलाई राप्रपाले चुनावी कमान्डर तोकेको छ।

त्यस्तै, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर, धर्मराज जोशीलाई चुनावी कमान्डर बनाइएको राप्रपाले जनाएको छ।

यी नेताहरूलाई उपनिर्वाचन हुने नगरपालिका, गाउँपालिका र वडाहरूमा चुनावी कमान्डर बनाइएको हो।

केही नेताहरूलाई एकभन्दा धेरै ठाउँको चुनावी कमान्डरको जिम्मेवारी पनि दिइएको राप्रपाले जनाएको छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय राप्रपाले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077