Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री अधिकारीमाथि छानबिन गर्न माओवादी केन्द्रको माग

कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री अधिकारीमाथि छानबिन गर्न माओवादी केन्द्रको माग

बिहिवार , कार्तिक २२, २०८१

विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण प्रकरणमाथि गम्भीर छानबिनको माग गरेको छ।

माओवादी केन्द्र संसदीय दल कोशीले विज्ञप्ती जारी गर्दै निवर्तमान मन्त्री अधिकारीको जापान भ्रमणका विषयमा छानबिन गर्न माग गरेको हो ।

विज्ञप्तिमा यो घटनाले प्रदेशबासीको शीर निहुरिएको उल्लेख गरिएको छ । प्रदेश सरकारले राजधानीबाहिर मन्त्रीहरू जाँदा मुख्यमन्त्रीको अनुमति लिनुपर्नेगरी आचारसंहिता बनाएको माओवादी केन्द्रले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेश भ्रमण जाँदा त प्रदेश मन्त्रिपरिषदको निर्णयसहित सिफारिसको आधारमा संघीय सरकारले सहमति दिनुपर्ने प्रावधान रहेको छ। त्यसविपरित कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमण जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शीर निहुरिएको छ।’

माओवादीले मन्त्रीलाई राजीनामा मात्रै गराएर उन्मुक्ति दिन खोजिएको भन्दै असन्तोष पनि प्रकट गरेको छ ।

विज्ञप्तिमा कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरिएको उल्लेख छ ।

मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा एउटै कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाई टिकटको प्रबन्ध हुनु रहस्यमय देखिएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077