Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी

राप्रपाले दियो यी नेतालाई उपनिर्वाचनको जिम्मेवारी

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने तयारी गरेको छ । राप्रपाले सांसददेखि पदाधिकारीसम्मका नेताहरूलाई उपनिर्वाचनको जिम्मेवारी दिएको छ ।

राप्रपाले भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित उप्रेती, राजन खतिवडा, ज्ञानबहादुर शाही, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, दीपकबहादुर सिंह, राजराज कोइराला, प्रदीप उदय, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धवलशम्शेर जबरा, प्रेम बलायर र धर्मराज जोशीलाई चुनावी कमान्डर बनाइएको छ ।

राप्रपाले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने अन्य ठाउँका उम्मेदवार केही दिनमै तय गर्ने बताएको छ ।

आगामी मंसिर १६ गते देशका विभिन्न ४४ स्थानमा उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पद रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077