Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

सैनिक श्रीमती संघले मनायो ४१औँ वार्षिकोत्सव

सैनिक श्रीमती संघले मनायो ४१औँ वार्षिकोत्सव

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । सैनिक श्रीमती संघले ४१ औं वार्षिकोत्सव मनाएको छ ।

बिहीबार जङ्गी अड्डामा आयोजित विशेष समारोहमा सैनिक श्रीमती संघकी अध्यक्ष निता क्षेत्री सिग्देलले झण्डोत्तोलन गरेकी हुन् । साथै संघले सम्पादन गर्दै आएका विभिन्न किसिमका कल्याणकारी कामका बारेमा जानकारी दिइन् ।

सोही अवसरमा प्रधानसेनापति अशोक राज सिग्देल र संघकी अध्यक्ष सिग्देलले संघको वार्षिक मुखपत्र 'सेवा सुमन' को संयुक्त रुपमा विमोचन गरे । त्यस अवसरमा सेवा सुमनमा प्रकाशित उत्कृष्ट लेख रचनाका सर्जकलाई पुरस्कृत गरिएको छ।

साथै, सैनिक महाविद्यालयहरूमा अध्ययनरत जेहेन्दार छात्रछात्राहरू तथा फरक क्षमता भएका बालबालिकाहरूलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077