Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नागरिकमा बढेको निराशा चाँडै हट्ने प्रदीप ज्ञवालीको दाबी

नागरिकमा बढेको निराशा चाँडै हट्ने प्रदीप ज्ञवालीको दाबी

बिहिवार , कार्तिक २२, २०८१

गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नागरिकमा देखिएको निराशा हटाउने काममा सरकार लागिपरेको बताएका छन् ।

एमाले रेसुङ्गा नगरपालिकाको दोस्रो नगर अधिवेशनलाई सदरमुकाम तम्घासमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले चार महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण कामको थालनी गरेको बताए ।

राजनीतिक अस्थिरता अन्त्य गर्न, ओरालो लागेका अर्थतन्त्रलाई माथि उकास्न तथा सुशासन कायम गर्ने प्रयासमा सरकार रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077