Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ट्रम्पलाई बधाई दिँदै चिनियाँ राष्ट्रपतिले भने - दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्छ

ट्रम्पलाई बधाई दिँदै चिनियाँ राष्ट्रपतिले भने - दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्छ

बिहिवार , कार्तिक २२, २०८१

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

बुधबार अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सीले ट्रम्पलाई दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्ने बताएका हुन्।

'चीन र अमेरिकाबीचको सहयोगले फाइदा हुने र मुठभेडले हिंसा निम्त्याउने इतिहासले देखाएको छ। स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ। यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि हो,' सीले भनेका छन्।

उनले अमेरिकासँगको सम्बादलाई मजबुत बनाउन आफू तत्पर रहेको बताए । त्यसका लागि दुई देशबीचको मतभेदलाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077