Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

माओवादी सरकारमा जाने लाइनमा छैन : नारायणकाजी श्रेष्ठ

माओवादी सरकारमा जाने लाइनमा छैन : नारायणकाजी श्रेष्ठ

बिहिवार , कार्तिक २२, २०८१

पाल्पा । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी सरकारमा जाने लाइनमा नभएको बताएका छन् ।

पाल्पामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले माओवादी अब जनताको समस्याको पक्षमा निरन्तर आवाज उठाउने अभियानमा लागेको बताए ।

माओवादीले अब तत्काल एकता गर्न सम्भव हुनेहरूलाई एकता गरी अगाडि बढ्ने, समाजवादी मोर्चालाई पनि एकसाथ अगाडि बढाउने र जिल्ला प्रदेशस्तरमा सरकारको विरुद्धमा खबरदारी सभा गर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

माओवादीले ठूलो पदमा रहेका भ्रष्टाचारीलाई पक्राउ गरेर जेल हालेको र अझै ठूला भष्ट्राचारको पक्रने तयारी हुँदै गर्दा सरकार ढालिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077