Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सलमानपछि शाहरुखलाई पनि आयो ज्यान मार्ने धम्की

सलमानपछि शाहरुखलाई पनि आयो ज्यान मार्ने धम्की

शुक्रवार , कार्तिक २३, २०८१

एजेन्सी । बलिउड अभिनेता सलमान खानपछि शाहरुख खानलाई पनि ज्यान मार्ने धम्की आएको छ ।

अभिनेता सलमान खानले लगातार ग्याङस्टर लरेन्स बिस्नोइ समूहबाट यस्ता धम्की खेपिरहेका बेला शाहरुखलाई पनि ज्यान मार्ने धम्की आएको हो ।

भारतीय संचारमाध्यमका अनुसार फैजान खान नामका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका हुन् ।

यसविरुद्ध महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको उल्लेख छ । रायपुरका आरोपीले अभिनेतासँग ठूलो फिरौती मागेका छन् ।

मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि रायपुर गएको स्रोतले जनाएको छ ।

धम्की दिएको आरोपमा बाईको बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077