Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

इजरायलद्वारा बेरुत विमानस्थलमा बमबारी

इजरायलद्वारा बेरुत विमानस्थलमा बमबारी

शुक्रवार , कार्तिक २३, २०८१

एजेन्सी । इजरायलले लेबनानको राजधानी बेरुतको अन्तर्राष्ट्रिय विमानस्थलमा बमबारी गरेको छ ।

यसबाहेक बेरुत र बेका उपत्यकाका विभिन्न भागमा पनि हवाई हमला गरिएको थियो।

यी आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन् ।

आक्रमण हुनुअघि इजरायली रक्षा बलले एयरपोर्ट र आसपासका क्षेत्रहरू खाली गर्न भनेको थियो।

आइडीएफले बेरुतमा हमलाको क्रममा हिजबुल्लाहको कमाण्ड सेन्टर र हतियार डिपोलाई निशाना बनाएको दाबी गरेको छ।

यसअघि मङ्गलबार अबेर राति पनि इजरायलले लेबनानको बर्जा सहरको एउटा अपार्टमेन्ट भवनमा हवाई आक्रमण गरेको थियो ।

जसमा करिब ३० जनाको मृत्यु भएको थियो । आईडीएफले आक्रमण गर्नुअघि कुनै चेतावनी समेत दिएको थिएन। अर्कोतर्फ गाजामा पनि इजरायली सेना बेत लाहिया पुगेका छन् ।

अहिलेसम्म आइडीएफले त्यहाँ बम विष्फोट मात्र गरिरहेको थियो । इजरायलका अनुसार हमासका आतंककारीहरू फेरि यस क्षेत्रमा जम्मा हुन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077