Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

झुम्का कारागारबाट सुरुङ खनेर भागेका यादव १२ वर्षपछि पक्राउ

झुम्का कारागारबाट सुरुङ खनेर भागेका यादव १२ वर्षपछि पक्राउ

शुक्रवार , कार्तिक २३, २०८१

सुनसरी । प्रहरीले झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका एक जना कैदीलाई पक्राउ गरेको छ ।

सुनसरीको झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति सुरुङ खनेर फरार भएका कैदी चन्द्रशेखर भन्ने विनायक यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका-८ स्थित पथरचट्टानबाट नियन्त्रणमा लिएको थियो ।

हतियारसहित पक्राउ परेका इनरुवा निवासी यादवलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय सुनसरीमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।

हतिहारसहित रहेका विनायकलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड गोली प्रहार गरेको थियो ।

२०६५ वैशाख १६ गते सुनसरीको प्रकासपुरका केशव कार्कीलाई गोली हानी हत्य गरेको अभियोगमा विनायक झुम्का कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन्।

उनीसहित अन्य ११ जनाले झुम्का कारागारको दक्षिणपट्टिको पर्खालको भित्री भागबाट सुरुङ खनेर फरार भएका थिए । उनीहरूलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077