Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरूद्ध रेड नोटिस जारी

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योतिविरूद्ध रेड नोटिस जारी

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न ज्योति गुरुङविरुद्ध रेड नोटिस जारी भएको छ ।

मितेरी सहकारीको करोडौं बचत हिनामिना गरेको आरोपमा गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध इन्टरपोलबाट रेड नोटिस जारी भएको हो।

रेड कर्नर नोटिस जारी भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्वपत्नी हुन्।

गुरुङ र भण्डारीविरुद्ध इन्टरपोलको महासचिवालयबाट रेड नोटिस जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी स्रोतले बतायो ।

महालक्ष्मीस्थानमा रहेको मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप उनीमाथि छ ।

मितेरीको रकम अपचलन गरेको भन्दै सो सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077