Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

प्रहरीलाई दिनुपर्छ भन्दै गौरीफन्टा नाकाबाट रकम असुलेपछि...

प्रहरीलाई दिनुपर्छ भन्दै गौरीफन्टा नाकाबाट रकम असुलेपछि...

शुक्रवार , कार्तिक २३, २०८१

कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट पैसा लिने दुईजना अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीलाई पैसा दिनुपर्छ भन्दै गोदावरी नगरपालिका–२ अत्तरीयाका २७ वर्षीय लोकेन्द्र ओझाबाट पैसा लिने अटो चालक धनगढी उपमहानगरपालिका–३ मिलन चोक बस्ने २८ वर्षीय मानबहादुर बयाडी र चौराह बस्ने ३१ वर्षीय करन बोहरा पक्राउ परेका हुन् ।

नेपाल तर्फका सुरक्षाकर्मीहरुलाई पैसा दिनुपर्छ भन्दै ओझाबाट नगद भारतिय २ हजार मागि सुरक्षा संगठनलाई नै बदनाम गर्ने कार्य गरेको हुँदा अटो चालक दुबै जनालाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ओझाको रकम नगद भारतीय २ हजारसमेत फिर्ता गराइएको छ । उनीहरुलाई कानून बमोजिम प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077