Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

देउवाले मनोनीत गरे नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य

देउवाले मनोनीत गरे नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा २८ जना सदस्य मनोनित गरेका छन्।

शुक्रबार पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको उक्त विभागमा सभापति देउवाबाट २८ जना सदस्य मनोनित गरेको सार्वजनिक गरेका हुन्।

मनोनित हुनेमा डडेल्धुराका नरेन्द्रबहादुर भाट, मनाङका दिलबहादुर गुरूङ्ग, बागलुङका पूर्णबहादुर हमाल, ओखलढुंगाका पेमा नीमा शेर्पा, चितवनका नारायण सुवेदी, झापाका कृष्ण गिरी (जगन्नाथ), काठमाडौंका नारायण खरेल, चितवनका गिरीराज कुँवर, कास्कीका कुलप्रसाद गुरूङ्ग रहेका छन् ।

यसैगरी कैलालीका हिक्मत थापा, बागलुङका राजु रेग्मी, स्याङ्जाका शालिकराम डुम्रे, धादिङकी सीता अर्याल, गुल्मीकी सुनिता जिसी कुँवर, काठमाडौंका पुरुषोत्तम खनाल, तनहुँका गोविन्द परियार, धनुषाका शिवकुमार यादव, काठमाडौंका प्रकाश अधिकारी, सुर्खेतका ऋषि शर्मा, पर्वतका मोहन गुरूङ्ग, चितवनका इन्द्रकमल बुढ़ाथोकी छन्।

यस्तै स्याङ्जाका जगदीश पौड़ेल, अर्घाखाँचीका कृष्णप्रसाद अधिकारी, रुकुमका राजु केसी, कञ्चनपुरका ईश्वरीप्रसाद जोशी, धनुषाका अविरल निधि, स्याङ्जाका डा। मनोर दिन सैयद र रुपन्देहीका कृष्ण पौडेल पनि मनोनयनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077