Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास कोर्ने भन्दै स्थगित भयो 'केटी हराएको सूचना' को प्रदर्शन

‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास कोर्ने भन्दै स्थगित भयो 'केटी हराएको सूचना' को प्रदर्शन

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत फिल्म 'मिसिङः केटी हराएको सूचना' पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।

आउँदो शुक्रबार रिलिज हुने तयारीमा रहेको फिल्मको प्रदर्शन तत्कालका लागि स्थगित गरिएको हो।

निर्माण कम्पनी 'ट्राई–सिटी' ले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ। प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ इतिहास कोर्ने बाटोमा रहेको भन्दै ‘मिसिङ: केटी हराएको सूचना’ले प्रदर्शन मिति पछि सारेको हो ।

अहिले ‘पूर्ण बहादुरको सारङ्गी’को शो बाँडफाँट हेर्दा उसलाई सहयोग गर्न आवश्यक रहेको ‘मिसिङ स् केटी हराएको सूचना’को निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

फिल्मको नयाँ प्रदर्शन मिति चाँडै सार्वजनिक गरिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077