Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

एमाले वाग्मतीले उपनिर्वाचनका उमेदवारको नाम टुंग्यायो

एमाले वाग्मतीले उपनिर्वाचनका उमेदवारको नाम टुंग्यायो

शुक्रवार , कार्तिक २३, २०८१

काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले उपनिर्वाचनको उमेदवार टुंगो लगाएको छ ।

आज बसेको प्रदेश कमिटीको सचिवालय बैठकले वाग्मती प्रदेशका रिक्त पदका उमेदवार टुंगो लगाएको एमाले वाग्मती प्रदेशका इञ्चार्ज डा. राजन भट्टराईले जानकारी दिए । उनले जिल्ला कमिटीबाट सिफारिस भएका उमेदवारका नामलाई नै निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार कीर्तिपुर नगरपालिकाको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर, काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, हेटौँडा उपमहानगरपािलका–१२ को वडाध्यक्षमा राजेश नगरकोटीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

एमालेले महानगर र उपमहानगरको उपनिर्वाचनमा नगरकमिटी पहिलो उमेदवारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाउने गर्दछ र जिल्ला कमिटीले ती नाम पुनः प्रदेश कमिटीमा पठाउने र प्रदेश कमिटीले निर्णय गर्दछ ।

यस्तै नगरपालिका र गाउँपालिकाको निर्णय भने जिल्ला कमिटी बैठकले गर्ने गर्दछ । आगामी मंसिर १६ गते देशभर रिक्त रहेका पदमा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077