Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

चितवनमा गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते

चितवनमा गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते

शनिवार , कार्तिक २४, २०८१

चितवन । मेघौलीस्थित सामुदायिक वनमा गैंडाको आक्रमणबाट पथप्रदर्शक घाइते भएका छन्।

आक्रमणमा भरतपुर-२७ सिसौघारी टोल बस्ने २८ वर्षीय पथप्रदर्शक जगबहादुर माझी घाइते भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने सदाबहार सामुदायिक वनमा विदेशी पर्यटकलाई घुमाउनेक्रममा गैंडाले आक्रमण गरेको हो।

माझीको पेट, टाउको र हातमा चोट लागेको छ। गैंडाले आक्रमण गरेपछि जंगल सफारीमा रहेको सोल्टी वेस्ट्रन रिसोर्टको गाडीमार्फत उद्धार गरिएको थियो।

घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077