Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

पाकिस्तानको रेल स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु

पाकिस्तानको रेल स्टेसनमा विस्फोट हुँदा २१ जनाको मृत्यु

शनिवार , कार्तिक २४, २०८१

एजेन्सी । पाकिस्तानको बलुचिस्तानको क्वेटा सहरको रेलवे स्टेसनमा बम विस्फोट भएको छ ।

यस विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ । साथै, अहिलेसम्म कम्तीमा ४६ जना घाइते भएका छन् ।

अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने आशङ्का पनि व्यक्त गरेका छन् ।

क्वेटाबाट रावलपिंडीका लागि जाफर एक्सप्रेसका यात्रुहरू रेल आउनको लागि पर्खिरहेका बेला रेलवे स्टेसनमा विस्फोट भएको थियो।

उक्त समयमा अधिकांश यात्रु प्लेटफर्ममा उपस्थित थिए। मुहम्मद बलोचले भने कि घाइतेहरूलाई क्वेटाको सिभिल अस्पताल र ट्रमा सेन्टरमा रिफर गरिएको छ।

रेलवे स्टेसनमा विस्फोट हुनुको कारण भने खुल्न सकेको छैन । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्तीले क्वेटा रेलवे स्टेसनमा भएको विस्फोटको निन्दा गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077