Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

आवश्यक परे संविधान संशोधन गर्नुपर्छ : नेता सिटौला

आवश्यक परे संविधान संशोधन गर्नुपर्छ : नेता सिटौला

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आवश्यक परे समीक्षाको आधारमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताएका हुन् ।

उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताए।

नेता सिटौलाले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको बताए। उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताए।

उनले परिवर्तनबाट जनताको आकांक्षा, परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि जे दिन्छौँ भनेर संविधानबाट संकल्प गरिएका कुरा र संकल्पबमोजिम हामीले जनताको पक्षमा काम भएनभएको गम्भीर्तापूर्व समीक्षा गर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077