Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापा भन्छन् - सहकारी ठग होस् वा मानव तस्कर, गल्ती गर्नेले सजाय भोग्नैपर्छ

कांग्रेस महामन्त्री थापा भन्छन् - सहकारी ठग होस् वा मानव तस्कर, गल्ती गर्नेले सजाय भोग्नैपर्छ

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गल्ती गर्नेले सजाय भोग्नैपर्ने बताएका छन् ।

सामाजिक संञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले यस्तो बताअएका हुन् । उनले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताए ।

उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताए ।

महामन्त्री थापाले लेखेका छन्,‘सहकारी प्रकरण होस् कि जनप्रतिनिधि मानव तस्करीमा संलग्न रहेको प्रकरण होस्, यस्ता प्रकरणमा संलग्न सत्ताको नजिकको होस् कि टाढाको होस्, नयाँ होस् कि पुरानो होस्, भिडको होस् कि टाकुराको होस्, एक्लो होस् कि शक्तिशाली होस् कानुन सबैको लागि बराबर हुनुपर्छ। यो विचार, आवद्धता वा पृष्ठभूमिको आधारमा हुने छनोटको विषय होइन, विधिको विषय हो। म यो मान्यतामा अटल विश्वास गर्छु। त्यसैले बन्द कोठाको बैठकमा होस कि सार्वजनिक स्थानमा होस, पार्टी सरकार मा हुँदा होस कि प्रतिपक्षमा हुँदा होस मेरो यो मान्यता र विश्वास बदलिँदैन। ’

महामन्त्री थापाले गल्ती गर्नेले सजाय भोग्नुपर्ने भन्दै कुनै कुनै पनि व्यक्तिलाई राज्यले सेलेक्टिभ ढंगले हेर्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077