Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

रवि पक्राउविरुद्ध दोस्रो चरणमा ‘सशक्त’ आन्दोलन गर्ने रास्वपाको निर्णय

रवि पक्राउविरुद्ध दोस्रो चरणमा ‘सशक्त’ आन्दोलन गर्ने रास्वपाको निर्णय

शनिवार , कार्तिक २४, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।

शनिबार बसेको केन्द्रीय समिति बैठकले सभापति लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको ठहर गर्दै अर्को चरणमा संयुक्त सशक्त सङ्घर्ष गर्ने निर्णय गरेको हो ।

‘सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको घोर भर्त्सना गर्दछ,’ बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठिम्याई छ।’

लामिछानेविरुद्ध गरिएको कारबाहीलाई रास्वपाले राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर समेत गरेको छ । उक्त कार्यको भर्त्सना गरिएको छ । लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077