Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

नेपाली कांग्रेस 'युवा संकल्प यात्रा' इटहरीमा

नेपाली कांग्रेस 'युवा संकल्प यात्रा' इटहरीमा

शनिवार , कार्तिक २४, २०८१

इटहरी । नेपाली कांग्रेस 'युवा संकल्प यात्रा' इटहरीमा सुरुवात गरिएको छ । सुनसरी जिल्ला उपसभापति नगेश चन्द्र राईको सभापतित्वमा युवा संकल्प यात्रा सुरुवात भएको हो ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य कल्पना चौधरीले अभियानको सफलताको शुभकामना व्यक्त गर्दै युवा संकल्पका महत्वपुर्ण एजेन्डालाई संसदमा उठाउने बताइन् । यस्तै कांग्रेस नेता रन्जित कर्णले देशमा धेरै सम्भावनाहरु रहेको बताए । उनले हामीले नै देश बिकासमा लाग्नुपर्ने बताए ।

कार्यक्रममा कांग्रेसको झण्डा हस्तान्तरण गर्दै अभियानलाई नेपाली कांग्रेस सुनसरीले युवा संकल्प यात्रालाई बिदाई तथा शुभकामना प्रकट गरेको छ । कार्यक्रममा नगर समिति लगायत विभिन्न पार्टीका भातृसंस्था, युवा, विद्यार्थीको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यकममा कांग्रेस केन्द्रीय सदस्य कल्पना चौधरी, युवा संकल्प यात्राका संयोजक भुपेन्द्रजंग शाही, रन्जित कर्ण, धर्मेन्द्र नेम्वाङ, प्रेमिका रानामगर, बिमला सिवाकोटी, क्षेत्रीय समितिलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077