Jul 01 2026 | २०८३, आषाढ १७ गते

01 Jul 2026 | बुधवार, आषाढ १७ गते २०८३

बुधवार, आषाढ १७ गते २०८३
images
images

सरकारले देशमा उत्साह ल्याउन सकेन, मुलुक गम्भीर अवस्थामा छ : शेखर कोइराला

सरकारले देशमा उत्साह ल्याउन सकेन, मुलुक गम्भीर अवस्थामा छ : शेखर कोइराला

शनिवार , कार्तिक २४, २०८१

उदयपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेको गठबन्धन सरकारले देशमा उत्साह ल्याउन नसकेको बताएका छन् ।

सदरमुकाम त्रियुगा नगरपालिका-११ गाईघाटमा शनिबार कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण गर्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले कांग्रेससँगको गठबन्धनबाट बनेको दुईतिहाईको सरकारले देशमा सुशासन र न्यायको पक्षमा काम गर्न नसकेको बताए । अहिले देशमा जताततै भ्रष्टाचार र बेथिति मौलाएको बताउँदै नेता कोइरालाले देश अत्यन्त गम्भीर अवस्थामा पुगेको दाबी गरे ।

देशका सबैभन्दा ठूला दल मिलेर बनेको दुईतिहाई बहुमतको सरकारलाई राम्रोबाहेक नराम्रो कुनै काम गर्ने छुट नभएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077